नेपाली | English

विषयवस्तुहरु

ईमेल चेक गर्नुहोस्
 
Last modified on: 28 December 2009
प्रशासन तथा संस्थान महाशाखाः
यस महाशाखा अर्न्तगत सम्पादन हुने कार्यहरुमा कर्मचारी प्रशासन, सामान्य प्रशासन, आर्थिक प्रशासन, सार्वजनिक संस्थानहरुको व्यवस्थापन तथा सम्पर्क मन्त्रालय सम्बन्धी प्रशासन जस्ता कार्यहरु पर्दछन्। यस महाशाखा अन्तर्गत तीन वटा शाखा रहेका छन्।

यस महाशाखा अन्तर्गत रहेका शाखाहरुः
  • आर्थिक प्रशासन शाखा
  • प्रशासन शाखा
  • सरकारी उद्योग तथा संस्थान शाखा

आर्थिक प्रशासन शाखाः
उद्योग मन्त्रालय र अन्तर्गतका निकायहरुको लागि आगामी आर्थिक वर्षका लागि अनुमानित (साधारण) बजेट बनाई पेश गर्ने, विनियोजित बजेट अर्थ मन्त्रालयबाट खर्च गर्ने अख्तियारी प्राप्त भए पछि अन्तर्गतका विभाग / आयोजना / कार्यालयहरुमा अख्तियारी पठाउने र सो को अभिलेख सम्वन्धी आवश्यक काम गर्ने, अख्तियारी प्राप्त भए पछि विनियोजन बजेट निकासा माग गरी खर्च सहितको अभिलेख राखी आन्तरीक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षण गराउने, लेखापरीक्षणबाट वेरुजु देखिन आएमा सो को अभिलेख गरी फर्छ्याैट गर्ने गराउने सम्वन्धी काम गर्ने र तत्सम्वन्धी प्रगति विवरण सम्वन्धीत निकायमा पठाउने, राजस्व तथा धरौटी वापत प्राप्त हुन आउने रकमको अभिलेख गर्ने, लेखापरीक्षण गराउने, मन्त्रालय तथा अन्तर्गतको केन्द्रीय लेखा तयार गरी सम्वन्धित निकायमा पठाउने, महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित व्यहोराहरुको जवाफ संकलन तथा अध्ययन गरी सार्वजनिक लेखा समितिबाट माग भएका वखत पठाउने व्यवस्था गर्ने, मन्त्रालयमा प्राप्त हुन आउने आर्थिक प्रशासनसंग सम्वन्धित सरकारी नीति तथा आर्थिक अनुशासन सम्वन्धी विभिन्न निर्देशनहरु पालना गर्ने, अन्तर्गतका निकायहरुले सो पालना गर्ने व्यवस्था गराउने, कुनै बजेट उपशीर्षकमा रकम थपघट गर्नु परेमा रकमान्तर सम्वन्धी अर्थ मन्त्रालयबाट निकासा भए वमोजिम गर्ने गराउने, आर्थिक विषयमा कार्यालय प्रमुख / आयोजना प्रमुखबाट राय माग भएमा राय दिने तथा कार्यालय प्रमुखबाट आर्थिक विषयमा आदेश निर्देशन भएकोमा नियमानुसार सो आदेश निर्देशन बमोजिम गर्ने कार्यहरु आर्थिक प्रशासन शाखाबाट सम्पादन हुने गर्दछ।
प्रशासन शाखाः
यस शाखाले मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुसंग सम्बन्धित प्रशासनिक कार्य, मानव संशाधन विकास सम्बन्धि कार्य, मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरुको भौतिक साधनहरुको अनुगमन, निरीक्षण, स्वदेश तथा विदेशमा संचालन हुने विभिन्न तालिम, गोष्ठी, अध्ययन, अध्ययन भ्रमण, सभा सम्मेलनमा कर्मचारी मनोनयन सम्बन्धि कार्य, आन्तरीक प्रशासन सम्बन्धि कार्य, कर्मचारीहरुको सरुवा, बढुवा, अवकास, पदपुर्ति, दरवन्दी स्वीकृती सम्बन्धि कार्य, शुशासन तथा नागरिक वडापत्र बमोजिम कार्य भए नभएको अनुगमन सम्बन्धि कार्य गर्नुको साथै मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयको जनशक्ति विकास र कर्मचारी प्रशासन सम्वन्धी कार्य गर्दछ। निजामति सेवा ऐन बमोजिम मन्त्रालयले संचालन गर्न तोकिएका विभिन्न सेवा समूह सम्वन्धी पदहरुको कर्मचारी प्रशासन सम्वन्धी कार्य गर्नुको साथै मन्त्रालयको सामान्य प्रशासन सम्वन्धी कार्य समेत गर्दछ।
सरकारी उद्योग तथा संस्थान शाखाः
यस शाखाले सरकारी स्तरमा संचालित उद्योग, समिति, संस्थान र प्रतिष्ठान सम्वन्धी बिषयहरुको नीति नियम तर्जुमा गर्नुको साथै तत्सम्वन्धी कार्यको परिपत्र, निर्देशन जारी गरी ती निकायहरुका अध्यक्ष, महाप्रवन्धक र संचालकहरुको नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य गर्दछ। साथै यस शाखाले ती निकायहरुको सञ्चालनमा सहजीकरणको भूमिका समेत निर्वाह गर्दछ।
 
Designed by : Sunil Kumar K. C.