परिचयः
नेपाल सरकारले खुल्ला बजार तथा आर्थिक उदारीकरणको माध्यमबाट निजी क्षेत्रको
समेत सक्रिय सहभागितामा राष्ट्रिय अर्थतन्त्रको विकास र सुदृढिकरण गर्ने
नीति अंगिकार गरे पश्चात् सवै किसिमका कम्पनीहरुको संस्थापन र संचालन
कार्यमा सहयोग पुर्याउने उद्देश्यबाट २०४९ साल माघ महिनामा उद्योग
मन्त्रालय अन्तर्गत विभाग स्तरीय कम्पनी रजिष्ट्रारको कार्यालयको स्थापना
भएको हो । यस कार्यालयको स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्बन्धी
कार्यहरु उद्योग विभाग घरेलु तथा साना उद्योग विभाग वाणिज्य विभाग कृषि
विभाग लगायतका निकायहरुबाट निकायगत हिसावले सम्पादन हुने गरेकोमा कम्पनी
ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी
प्रशासन सम्बन्धी काम कारवाहीहरु समान प्रक्रिया र एउटै निकायबाट सम्पादन
गर्न यस कार्यालयको स्थापना भएको हो ।
प्रमुख उद्देश्य तथा कार्यहरुः
नयाँ दर्ता हुने कम्पनीहरुलाई छिटो छरितो र प्रभावकारी सेवा उपलव्ध
गराउने कम्पनी ऐन बमोजिम दर्ता भएका कम्पनीहरुको आवश्यक क्रियाकलाप र
कागजातहरुको माध्यमबाट कम्पनीहरुको अनुगमन गर्ने कम्पनी दर्ता तथा संचालन
सम्बन्धी जानकारी र कागजातहरु सम्बद्ध पक्ष सर्वसाधारण एवं सरोकारवालालाई
उपलव्ध गराउने कम्पनी प्रशासनका क्षेत्रमा आई परेका चुनौतीहरुलाई स्पष्ट र
प्रभावकारी रुपमा समाधान गर्दै कम्पनी प्रशासन सम्बन्धी सेवाहरु उपलव्ध
गराउने प्रमुख उद्देश्य रहेका छन् ।
यस कार्यालयको कार्य क्षेत्र नेपालराज्य भरी रहेकोछ । यस कार्यालयको शाखा
कार्यालयहरु हालसम्म स्थापना गरिएका छैनन् । देशभरी नै स्थापना भएका र
स्थापना हुने नाफा मूलक तथा गैह्र नाफामूलक व्यवसायिक कम्पनीहरुलाई
व्यवस्थित तवरबाट दर्ता गरी तिनीहरुले गर्ने कार्य तथा कि्रयाकलापहरुलाई
पारदर्शी ढंगबाट अभिलेखको रुपमा व्यवस्थित गर्ने लगायत यस कार्यालयले कम्पनी
ऐन २०६३ बमोजिम प्राईभेट लिमिटेड पव्लिक लिमिटेड मुनाफा वितरण नगर्ने र
विदेशी कम्पनीका शाखा/सम्पर्क कार्यालयका कम्पनीहरु दर्ता गर्ने लिमिटेड
कम्पनीहरुको विवरण पत्र प्रकासित गर्नु पूर्व जाँचवुझ गरी अभिलेख राख्ने
शेयर पूँजी बढाउने र कम्पनीहरुको नाम परिवर्तन वा संसोधन गर्ने लगायत
प्रवन्ध पत्र र नियमावलीमा अन्य संसोधन गर्न स्वीकृति दिने कम्पनीहरुले
कम्पनी ऐन अनुसार कार्य गरे नगरेको अनुगमन गर्ने छानविन गर्ने र आवश्यकता
अनुसार निरीक्षक समेत खटाउने कम्पनी ऐन २०६३ को सम्बन्धमा राय परामर्श
उपलव्ध गराउने प्रवन्ध पत्र र नियमावलीमा आवश्यकता अनुसार संसोधनको अभिलेख
राख्ने कम्पनीको खारेजी सम्बन्धी कार्य गर्ने कम्पनी ऐन २०६३ विपरित हुने
गरी काम कारवाही भएको कुरा शेयरवालाको उजुरी तथा अन्य तरिकाबाट जानकारी हुन
आएमा आवश्यक कारवाहि गरी नियमित गराउने कम्पनीहरु गाभ्ने सम्बन्धी कार्य
गर्ने कम्पनी ऐन २०६३ ले निर्दिष्ट गरेका अन्य कार्य तथा नेपाल सरकारले
तोकेका अन्य कार्यहरु गर्दै आएको छ ।
कार्य निर्दिष्ट गर्ने सरकारी नीति ऐन तथा नियमहरुः
कम्पनी ऐनको ईतिहास हेर्दा सर्व प्रथम कम्पनी ऐन १९९३ आएको र सो पश्चात
कम्पनी ऐन २०२१ कम्पनी ऐन २०५३ कम्पनी अध्यादेश २०६२ हुदै हाल कम्पनी ऐन
२०६३ लागु भएको छ । यो कार्यालय नेपाल सरकारको सालवसाली रुपमा संचालन हुंदै
आएको छ । यसका साथै दामासाही प्रशासन समेतको कार्य गर्दै आएको छ ।