नेपाली | English

विषयवस्तुहरु

ईमेल चेक गर्नुहोस्
 
Last modified on: 28 December 2009

खानी तथा भूगर्भ विभाग

परिचयः

नेपालको भू-वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्य सम्बन्धी ज्ञानमा अभिवृद्धि गर्ने स्तरीय भौगर्भिक भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्साहरु प्रकाशन गरी नेपालको विभिन्न स्थानहरुमा पूर्वाधार विकास निर्माण एवं वातावरणीय सुधार तथा दैवी प्रकोपको व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने भौगर्भिक तथ्याङ्कहरु संकलन गरी भौगर्भिक सेवाहरु उपलब्ध गराउने नेपालका विभिन्न स्थानहरुमा रहेको विभिन्न खनिज सम्पदाहरुको अध्ययन अन्वेषण र मल्याङ्कन गरी खनिज भण्डारमा आधारित उद्योगहरुको स्थापना र संचालनमा सहयोग पुर्‍याई देशको आर्थिक विकासमा टेवा पुर् याउने भूकम्प मापन केन्द्रहरु निरन्तर संचालन गरी भूकम्पको निगरानी राख्‍ने र भूकम्प सम्बन्धी डाटा संकलन गरी भूकम्पको अध्ययन एवं अनुसन्धानबाट भूकम्पबाट हुने दैवि प्रकोपको सहि मूल्याङ्कन गर्ने नेपालमा पेट्रोलियम तथा प्राकृतिक ग्याँस हुन सक्ने सम्भावित क्षेत्रमा भौगर्भिक तथा भूभौतिक अन्वेषण गरी पेट्रोलियम भण्डार हुन सक्ने क्षेत्र पत्ता लगाई अन्तर्राष्ट्रिय तेल कम्पनीहरुलाई पेट्रोलियम अन्वेषण एवं उत्पादन गर्न आकर्षण गर्ने जस्ता कार्यको लागि साविकको भौगर्भिक सर्भेक्षण विभाग र नेपाल खानी विभागलाई गाभी यस विभागको स्थापना भएकोछ ।

प्रमुख उद्देश्य तथा कार्यहरुः

नेपालको भू-वैज्ञानिक अध्ययन तथा अनुसन्धान कार्यहरुको आधारमा भू-वैज्ञानिक नक्साहरु तयार गरी प्रकाशन गर्ने खानी तथा खनिजहरुको अध्ययन अन्वेषण मूल्याङ्कन तथा प्रवर्द्धन गर्ने पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण र प्रवर्द्धन गर्ने शहरी तथा पूर्वाधार विकास निर्माणका लागि भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय अध्ययन अनुसन्धान गरी भू-इन्जिनियरिङ्ग तथा भू-वातावरणीय नक्साहरु तयार गर्ने सेस्मोटेक्टोनिक अध्ययन र भूकम्प सम्वन्धि अध्ययन अनुसन्धान र अनुगमन गर्ने खनिज भण्डारमा आधारित खानी तथा खनिज उद्योगहरुको प्रवर्द्धन विकास तथा संचालन गर्न आवश्यक खानी तथा खनिज पदार्थ ऐन पेट्रोलियम ऐन तथा नियमहरु तर्जुमा गरी लागु मस्यौदा प्रस्ताव गरी आधिकारीक तहबाट स्वीकृति प्राप्त गरी कार्यान्वयन गर्ने कार्यहरु गर्दै आएकोछ ।

कार्य निर्दिष्ट गर्ने सरकारी नीति ऐन तथा नियमहरुः

  • खनीज सर्भेक्षण भत्ता नियमावली २०२४
  • खानी तथा खनिज पदार्थ सम्वन्धी ऐन २०४२
  • खानी तथा खनिज पदार्थ नियमावली २०५६

अन्तर्गतका कार्यालयहरु

सुर्खेत जिल्लामा भूकम्प मापन केन्द्र एक र नेपालराज्य भरी संचालित २१ साइस्मिक स्टेशनहरु मार्फत देश भरिको भूकम्पिय साइस्मिक डाटाहरु संकलन गरि भूकम्प गएको जानकारी सर्वसाधारणलाई दिने र भूकम्पिय सुरक्षा र पूर्ण सतर्कता सम्वन्धी जानकारी दिने सेस्मोटेक्टोनिक अध्ययन र भूकम्प सम्वन्धि अध्ययन अनुसन्धान र अनुगमन गर्ने कार्यको लागि विभागको एउटा शाखाको रुपमा भूकम्प मापन केन्द्र काठमाण्डौमा रहेकोछ ।
कार्यालयको नाम सम्पर्क फोन नं.
१. राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौं  
२. राष्ट्रिय भूकम्प मापन केन्द्र, सुर्खेत  
फोन नं. ९७७-१-४४१४७४०
फ्याक्स नं. ९७७-१-४४१४८०६
इमेलः
वेभसाइटः www.dmgnepal.gov.np
 
Designed by : Sunil Kumar K. C.