नेपाली | English

विषयवस्तुहरु

ईमेल चेक गर्नुहोस्
 
Last modified on: 28 December 2009

नेपाल गुणस्तर तथा नापतौल विभाग

परिचयः

औद्योगिक उत्पादनमा निर्दिष्ट गुणस्तर कायम गराई आन्तरिक तथा बाह्य बजारमा गुणस्तरीय वस्तुको कारोवारको लागि उपयुक्त वातावरण श्रृजना गर्ने औद्योगिक उत्पादनद्वारा वातावरणमा पर्ने प्रतिकुल असर घटाउन र उपभोक्ता हीत संरक्षण जस्ता कार्यमा प्रभावकारिता ल्याउन गुणस्तर निर्धारण सम्बन्धी क्रियाकलापहरुका साथै स्तरीय नापतौलको अग्रणी भूमिका रहने भएकोले नेपाल गुणस्तर तथा नापतौल सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाल गुणस्तर तथा नापतौल विभाग स्थापना भएको हो ।

प्रमुख उद्देश्य तथा कार्यहरुः

सर्वसाधारण जनताको हितको लागि कुनै वस्तु सेवा प्रक्रिया वा प्रणालीको नेपाल गुणस्तर निर्धारण गर्ने र त्यस्ता वस्तु सेवा प्रक्रिया वा प्रणालीको गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्ने नेपालभरी मेट्रिक पद्धतिमा आधारित नाप र तौलको स्टाण्डर्ड कायम गरी प्रचलनमा ल्याउने अन्तर्राष्ट्रिय ब्यापारमा निर्याततर्फ गुणस्तरको सम्बन्धमा सरलीकरण तथा प्रवर्द्धन गर्ने स्वदेशी उद्योगहरुलाई गुणस्तर सम्बन्धी प्राविधिक सहयोग प्रदान गर्ने र उपभोक्ता वर्गले गुणस्तरीय वस्तु सेवा प्राप्त गर्न सक्ने वातावरण श्रृजना गर्ने गुणस्तर निर्धारण गर्ने गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने खेप प्रमाणिकरण गर्ने प्रयोगशाला प्रमाणिकरण गर्ने विश्लेषण सेवा प्रदान गर्ने क्यालिव्रेशन सेवा प्रदान गर्ने गुणस्तरको सम्बन्धी पुस्तकालय सेवा प्रदान गर्ने नेपाल स्ट्याण्डर्ड (NS) क्वालिटी अवार्ड प्रदान गर्ने अन्तर्राष्ट्रिय व्यापारमा हुन आउने प्राविधिक अवरोध हटाउन आवश्यक कार्य गर्ने कार्यहरु यस विभागले गर्दै आएकोछ ।

कार्य निर्दिष्ट गर्ने सरकारी नीति ऐन तथा नियमहरुः

  • स्टाण्डर्ड नाप र तौल ऐन २०२५
  • गुणस्तर निर्धारण र प्रमाण ऐन २०३७
  • नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४०

अन्तर्गतका कार्यालयहरु

यस विभाग अन्तर्गत विराटनगर वीरगन्ज काठमाण्डौ वुटवल नेपालगन्ज र धनगढीमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पोखरा र जनकपुरमा गुणस्तर तथा नापतौल कार्यालय भैरहवामा गुणस्तर प्रयोगशाला र काठमाण्डौमा ट्याक्सी टेम्पो इकाई कार्यरत रहेका छन् ।
कार्यालयको नाम सम्पर्क फोन नं.
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, काठमाडौं ०१-४३८१३३०
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, धनगढी  
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, नेपालगञ्ज ०८१-५२०२८६
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, बुटवल ०७१-५४०३२२
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वीरगञ्ज ०५२-५२२०५७
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय, विराटनगर ०२१-५२५३२७
गुणस्तर तथा नापतौल कार्यालय, जनकपुर ०४१-५२२५०५
गुणस्तर तथा नापतौल कार्यालय, पोखरा ०६१-५२०७९७
गुणस्तर प्रयोगशाला, भैरहवा ०५२-५४१८०७१
ट्याक्सी टेम्पो इकाई, काठमाडौं  
फोन नं. ९७७-१-४३५०८१८
फ्याक्स नं. ९७७-१-४३५०६८९
पोष्ट बक्स नं९८५
इमेलः nbsm@nbsm.gov.np
वेभसाइटः www.nbsm.gov.np

 
Designed by : Sunil Kumar K. C.