नेपाली | English

विषयवस्तुहरु

ईमेल चेक गर्नुहोस्
 
Last modified on: 28 December 2009
प्रविधि महाशाखाः
राष्ट्रिय वातावरणीय नीतिलाई सक्षमताकासाथ व्यवस्थित गरी तत्सम्बन्धी नीति एवं ऐन नियम कार्यान्वयनका सन्दर्भमा अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरणीय मैत्री उत्पादन कार्य अवलम्वन गर्न लगाई औद्योगीकरणको कारणबाट निस्कने फोहर, मैला, धुवाँ, वायु, तथा ध्वनी प्रदुषण आदिबाट वातावरणमा पर्ने नकारात्मक असर न्यूनिकरण व्यवस्थापन सम्बन्धि आवश्यक कार्य गर्दै देशमा दिगो औद्योगिक विकासको लागि देशको औद्योगिक उत्पादनमा वृद्धि गराउने, देश भित्र स्थापना भएका वा हुने निजी तथा सरकारी घरेलु, साना, मझौला तथा ठूला उद्योग व्यवसायमा विश्वमा प्रतिपादन भएका नयाँ तथा पुराना प्रविधिहरुका साथै देश भित्रै अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रसार गर्ने गराउने, विश्वको बढ्दो उदारीकरण तथा विश्वव्यापीकरणको मूल प्रवाहमा स्वदेशका उद्योग व्यवसायबाट उत्पादन हुने विभिन्न वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बजारमा सफल तुल्याउनका निम्ति आधुनिक प्रविधिको खोजी गरी सम्बन्धित क्षेत्रमा सूचना प्रवाह गर्ने कार्य यस महाशाखाले गर्दै आएकोछ। अत्याधुनिक प्रविधि सहितको सूचना केन्द्रको विकास सम्बन्धी कार्य समेत भैरहेको छ।

यस महाशाखा अन्तर्गत रहेका शाखाहरुः
  • वातावरण शाखा
  • प्रविधि हस्तान्तरण शाखा

वातावरण शाखाः
औद्योगिक तथा शहरीकरणको कारणबाट निस्कने फोहर, मैला, धुवाँ, वायु, तथा ध्वनी प्रदुषण आदिबाट वातावरणमा पर्ने नकारात्मक असरलाई रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गरी वातावरणीय व्यवस्थापन कार्यद्वारा देशमा दिगो औद्योगिक विकासको लागि राष्ट्रिय वातावरणीय नीतिलाई सक्षमताकासाथ व्यवस्थित गरी तत्सम्बन्धी नीति एवं ऐन नियम कार्यान्वयनमा मन्त्रालय र अन्तर्गतका निकायहरु तथा औद्योगिक प्रतिष्ठानहरुलाई वातावरण मैत्री उत्पादन पद्धति अवलम्वन गर्न लगाई देशको आर्थिक स्तरमा वृद्धि गराउन तत्सम्वन्धी कार्यहरु यस शाखाबाट सम्पादन गर्ने गरिन्छ।
प्रविधि हस्तान्तरण शाखाः
देश भित्र स्थापना भएका वा हुने निजी तथा सरकारी घरेलु, साना, मझौला तथा ठूला उद्योग एवं व्यवसायमा विश्वमा प्रतिपादन भएका नयाँ तथा पुराना प्रविधिहरुका साथै देश भित्रै अध्ययन अनुसन्धान भै पहिचान गरिएका विभिन्न प्रकारका प्रविधिहरुको जानकारी तथा प्रचार प्रशार गर्ने गराउने, सम्बन्धित क्षेत्रमा वितरण गरी औद्योगिक व्यवसाय उत्पादनका क्षेत्रमा सघाउ पुर्‍याउने, विश्वको बढ्दो उदारीकरण तथा विश्वव्यापीकरणको मूल प्रवाहमा स्वदेशका उद्योग व्यवसायबाट उत्पादन हुने विभिन्न वस्तु र सेवाहरुलाई प्रतिस्पर्धात्मक बजारमा सफल तुल्याउनका निम्ति आधुनिक प्रविधिको खोजी गरी सम्बन्धित क्षेत्रमा सूचना प्रवाह गर्ने कार्य यस शाखाले गर्दै आएकोछ।
 
Designed by : Sunil Kumar K. C.