नेपालमा सर्व प्रथम वि.सं. १९९६ मा नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको स्थापना भए पछि नेपालमा सीपमूलक तालिमको थालनी भएको पाईएता पनि आर्थिक वर्ष २०१३।१४ मा घरेलु इलम केन्द्र काठमाण्डौको स्थापना भए पछि मात्र विभिन्न विषयमा सीपमूलक तालिम व्यवस्थित रुपमा प्रदान गर्ने प्रयासको शुरुवात भएको हो । यस पछि देशका विभिन्न भागहरुमा समेत घरेलु इलम केन्द्रहरुको विस्तार हँदै गएको पाईन्छ । काठमाण्डौ घरेलु इलम केन्द्रलाई आर्थिक वर्ष २०२२।२३ देखि तत्कालिन घरेलु तथा ग्रामिण उद्योग विभाग अन्तर्गतको प्राविधिक प्रशिक्षण शाखाको रुपमा कायम गरी काठमाण्डौ उपत्यका वाहिरका घरेलु इलम केन्द्रलाई आर्थिक वर्ष २०२१।२२ देखि अञ्चल केन्द्रमा परिणत गरिएकोमा पछि आएर ती सवै केन्द्रहरुलाई जिल्ला स्तरीय कार्यालयको रुपमा परिणत गरिएको पाईन्छ । यी केन्द्रहरुले सीप विकास तालिम संचालन गर्ने त्यस्ता तालिमबाट उत्पादित सामान विक्री गर्ने तथा घरेलु उद्योग दर्ता गर्ने उद्देश्यले घरेलु उद्योग कार्यालयहरुको स्थापना गरिएको हो । आर्थिक वर्ष २०३८।३९ सम्ममा देशका ७५ वटै जिल्लाहरुमा घरेलु तथा ग्रामिण उद्योग कार्यालयहरु स्थापना गरिएका थिए । ती कार्यालयहरुले जिल्ला भित्र घरेलु तथा ग्रामिण उद्योगहरु दर्ता गर्ने प्राविधिक परामर्श सेवा प्रदान गर्ने सम्भावित उद्योगहरुको स्किम बनाई वितरण गर्ने विभिन्न विषयका अल्पकालिन तालिम संचालन गर्ने जस्ता कार्यहरु गर्दै आएका थिए भने साविकमा केन्द्रीय स्तरमा विभाग अन्तर्गतको प्राविधिक प्रशिक्षण शाखाबाट विभिन्न विषयका २ वर्षे साधारण तालिम १ वर्षे एडभान्स तालिम र विभिन्न विषयमा अल्पकालिन तालिम संचालन गर्ने गरी आएको थियो ।
यसै गरी करिव ३० जिल्लाहरुमा घरेलु तथा ग्रामिण उद्योग विकास समितिका शाखा कार्यालयहरु स्थापना भई ती समितिका कार्यालयहरुले पनि जिल्लाहरुमा प्राविधिक परामर्श सेवा प्रदान गर्ने सम्भावित उद्योगहरुको स्किम बनाई वितरण गर्ने विभिन्न विषयका अल्पकालिन तालिम संचालन गर्ने कार्यहरु गर्दै आए जस्ले गर्दा एउटै जिल्लामा एउटै मन्त्रालय अन्तर्गत एउटै प्रकृतिका कार्य गर्न दुई वटा निकाय खडा भई काममा दोहोरोपना आउनुका साथै सरकारको अनावश्यक खर्चमा वृद्धि भएको महसुस गरी आर्थिक वर्ष २०४९।५० मा तत्कालिन सरकारबाट सरकारी संगठनहरुको पुनःसंरचना गरे पछि घरेलु तथा ग्रामिण उद्योग विभागको नाम परिवर्तन गरी घरेलु तथा साना उद्योग विभाग कायम गरियो र २७ जिल्लाहरुमा सो विभाग अन्तर्गतका कार्यालयहरुले र विकासको पहुँच कम भएका ४८ जिल्लाहरुमा विकास समिति ऐन अन्तर्गत गठित घरेलु तथा साना उद्योग विकास समितिबाट कार्यक्रम संचालन गर्दा सरकारी प्रक्रिया भन्दा फराकिलो दायरा हुने र समिति अन्तर्गत वैदेशिक सहयोग समेत प्राप्त गर्न सकिने भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समितिका शाखा कार्यालयहरु स्थापना गरी सरकारको खर्चमा मितव्ययिता ल्याउने निर्णय गरे पछि सवै जिल्लाहरुमा कार्यालयहरुले पनि निरन्तरता पाए ।
फोन नं. ९७७-१-४२५९८७५, ४२५९८४२, ४२५९८४६,४२५९८५५
फ्याक्स नं. ९७७-१-४२५९७४७
पोष्ट बक्स नं १०७०१
इमेलः docsi@wlink.com.np
वेभसाइटः www.dcsi.gov.np